युवराज सिंह ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने संभावना

19 July, 2012 03:53 | खेल | comments | 93000 Views

क्यान्सरको उपचारपछि आराम गरीरहेका भारतीय क्रिकेट खेलाडी युवराज सिंहले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने संभावना बढेको छ ।

श्रीलंकामा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि सार्वजनीक गरिएको संभावित ३० खेलाडीको सुचीमा युवराज सिंहलाई पनि राखिएको छ ।

  

 

क्यान्सर रोग लागेपछि अमेरीका गएर तिन महिनासम्म उपचार गराएका सिंह गत अप्रिलमा भारत फर्किएका थिए । सन् २०११ को नोभेम्बरमा अन्तिम क्रिकेट म्याच खेलेका सिंहले त्यसपछि क्लव र अन्तराष्ट्रियस्तरमा कुनैपनि खेल खेलेका छैनन् ।

 

यसअघि गत विश्वकप क्रिकेटमा भारतलाई विजेता बनाउन महत्वपुर्ण भुमीका खेलेका युवराज सिंह उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । श्रीलंकामा १८ सेप्टेम्बरमा सुरु हुने टी-२० विश्वकपमा १२ टोलीको सहभागिता रहनेछ । इङ्ग्ल्याण्ड डिफेण्डिङ च्याम्पियन हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More