ओलम्पिकको उद्घाटन समारोह आज पूर्वीलन्डनको स्टामफोर्ड रंगशालामा हुँदै
तीसौं गृष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन आज बेलुका पूर्वीलन्डनको स्टामफोर्ड रंगशालामा हुँदैछ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उद्घाटन गरेपछि विश्व खेलकुदको कुम्भमेला औपचारिक प्रारम्भ हुनेछ ।

ओलम्पिकको औपचारिक सुरुआत आज हुने भए पनि महिला र पुरुष फुटबलका समूहचरणका खेल भने प्रारम्भ भइसकेका छन् ।
ओलम्पिकको असली रन्को भने उद्घाटन समारोहपछि सुरु हुने भएकाले आयोजकले लन्डनको आजको साँझलाई रंगीन बनाउन विशेष तयारी गरेको छ । सम्पूर्ण समारोहको जिम्मा स्टेज सोका प्रस्तुतकर्ता स्टेभन डाल्र्डीले लिएका छन् ।
स्लमडग मिलेनियरबाट ओस्कर अवार्ड जितेका ड्यानी बोयलले तीन घन्टा लामो उद्घाटन समारोहको साजसज्जाको सम्पूर्ण कार्यक्रम तयार पारेका हुन् । आइसलेस अफ वन्डर संज्ञा दिइएको ओलम्पिक उद्घाटन समारोह महान् नाटककार विलियम सेक्सपियरको कृति द टेम्पेस्ट बाट प्रेरित हुनेछ ।
उद्घाटन समारोहमा दुई सय चार राष्ट्रका १६ हजार खेलाडी उपस्थित हुने छन् भने १० हजार स्वयंसेवकले आफ्नो कला प्रदर्शन गर्नेछन् । यसपटक उद्घाटनमा जनावरको पनि प्रयोग गरिने भएको छ ।
यसका लागि ७० वटा भेडा, १२ वटा घोडा, १० वटा कखुरा, तीनवटा गाई, दुईवटा बाख्रा तथा विभिन्न प्रकारका कुकुर र हाँसको प्रयोग गरिने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
लन्डन ओलम्पिक आयोजक समितिका प्रमुख सेबास्टियन कोयका अनुसार लन्डनको उद्घाटन अहिलेसम्मकै भब्य हुनेछ । उद्घाटन समारोहका लागि मात्र चार करोड ३० लाख अमेरिकी डलर खर्च गरिने भएको छ । ६२ हजार दर्शकले रंगशालामा समारोहको प्रत्यक्ष अवलोकन गर्नेछन् । विश्वका करोडौं खेलप्रेमीले टेलिभिजनबाट समारोह हेर्ने छन् ।
नेपालबाट लन्डन ओलम्पिकमा पाँच खेलाडी सहभागी छन् । त्यसमा पौडीका श्रेया धिताल र प्रसिद्धजंग शाह, एथलेटिक्सका प्रमिला रिजाल र तिलकराम थारु तथा सुटिङकी स्नेहा राणा छन् । नेपालको झन्डा प्रसिद्धले बोक्ने भएका छन् नयाँ राष्ट्रका रुपमा दक्षिणी सुडानले ओलम्पिकको पाँच रिङको झन्डामुनि मार्चपास्ट गर्नेछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


