यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली आज अष्ट्रेलिया प्रस्थान

27 July, 2012 11:05 | खेल | comments | 89700 Views

यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली आज अष्ट्रेलिया प्रस्थान गरेको छ । ११ अगस्टबाट प्रारम्भ हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानका सदस्य किरण राणाको नेतृत्वमा नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

 

  

प्रतियोगिता अघि नेपालले त्यहाँ केही स्थानीय क्लब र देशसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोलीको नेतृत्व पृथु बाँस्कोटाले गरेका छन् । १५ जनाको नेपाली टोली मध्ये आज १२ जना मात्रै अष्ट्रेलियातर्फ लागेका छन् । बाँकी ३ खेलाडीहरुको भिसा प्रक्रिया पुरा नभएका कारण उनीहरु दोस्रो चरणमा अष्ट्रेलिया जाने क्यानले जनाएको छ ।

 

यस पटकको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अष्ट्रेलियासँग अगष्ट १३ मा खेल्ने छ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालसँगै उक्त समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड र आयरल्याण्ड रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More