फिन्ल्याण्डमा भलिबल प्रतियोगिता सम्पन्न
श्रवण खनाल हेल्सिन्की–खेलकुदको माध्ययमद्वारा यहाँ छरियर रहेका नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यका साथ प्रबासी नेपाली सँघ फिन्ल्याण्डले जुलाई २४ र २५ गते राजधानी हेल्सिन्कीमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।

सँघको खेलकुद समितिद्वारा सँयोजन गरिएको उक्त प्रतियोगितामा ६ वटा समुहले भाग लिएका थिए। पहिलो दिनको खेल लिग चरण (बेस्ट अफ थ्री)मा र फाईनल खेल बेस्ट अफ फाइभमा खेलाइएको थियो। यो बर्ष महिलाहरुले पहिलोपटक भलिबलमा भाग लिएको हुनाले खेलमा निकै रौनक छाएको थियो। पुरुषतर्फ ४ समुह मध्य रुद्रावती ए र गाँउले समहु लीग चरण मै सिमित रह्यो भने फाइनल खेलमा रुद्रावती बी ले मिक्स ग्लोरीलाई ३-२ ले पराजित गर्दै फाईनल जित्न सफल भयो। अघिल्ला दुई बर्ष लगातार बिजयी बनिसकेको रुद्रावती बी ले यो जित सगै रनिङ् शिल्ड सधैंको लागि आफ्नो बनाएको छ। त्यसैगरि महिला तर्फको खेलमा रुद्रावती सी ले एकता समुहसंग ३-० को अंकका साथ आफूलाइ बिजयी बनाउन सफल रह्यो। प्रतियोगितामा मिक्स ग्लोरीका अनिल बाँनिया र एकता समुहकी सम्झना भण्डारी क्रमश पुरुष र महिला तर्फबाट उत्कृष्ट खेलाडी घोषित भएका थिए।
प्रतियोगिताका बिजयी समुहहरुलाई एन आर एन फिन्ल्याण्डका अध्यक्ष डा अरुण पोखरेल र उपाध्यक्ष देवी दत्त शर्माले संयुक्त रुपमा शिल्ड, पदक तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो। कार्यक्रममा छोटो मन्तब्य दिंदै अध्यक्ष पोखरेलले भलिबल खेल अतिनै सशक्त रहेको र आगामी दिनमा थप अन्य खेलहरुको आयोजना गरिने बताउनु भयो । यसका साथसाथै यहाँ रहेका सम्पुर्ण नेपालीहरुलाई एन आर एनमा आवद्ध भएर आर्थिक एबम सामुहिक रुपले सशक्त बनाइदिन अपिल गर्दै सँस्थाका अन्य गतिबिधीबारेमा जानकारी गराउनु भएको थियो।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


