३० औं ओलम्पिक सुरु
बेलायतको राजधानी लण्डनमा आयोजना हुने ३० औं गृष्मकालीन ओलम्पिकको हिजो राति भव्य उद्घाटन भएको छ । बेलायती महारानी एलिजावेथको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहमा विश्वका २०४ देशका १० हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए ।

लण्डनको स्ट्रामफोर्डस्थित पार्क रंगशालामा भएको उद्घाटन समारोहमा टुर दि फ्रान्सका विजेता वेलायती ब्रेड्ली विग्गिन्सले घण्टी बजाएर उद्घाटन समारोह सुरु गरेका थिए । आयल्स अफ वन्डर नाम दिइएको उद्घाटन समारोहमा बेइजिङ ओलम्पिकलाई बिर्साउने गरी फरक शैलीमा बेलायतमा भएको आर्थिक क्रान्ति र त्यसले ल्याएको परिर्वतनलाई देखाइएको थियो ।
बेलायतले ओलम्पिक आयोजना गरेको यो तेस्रो पटक हो र यसअघि सन् १९०८ मा र दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा दोस्रोपल्ट आयोजना गरिसकेको छ । विश्वका २ सय ४ देशले ३६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्ट्समा भाग लिने यो खेलका लागि १० हजार ५ सय हाराहारी खेलाडी र अफिसियलहरू आइसकेकाले लन्डन अहिले भीड र व्यस्त छ ।
खेलाडी र अफिसियल ओलम्पिक भिलेजमा छन् । ३७ प्रतियोगितास्थलमध्ये २७ लन्डनमै भएकाले खेलाडी र पदाधिकारीको भीड सर्वत्र देखिन्छ । यतिखेर विश्वभरका करिब १० लाख पर्यटक लन्डन ओइरिएका छन् ।
खेलस्थल वरपर सार्वजनिक सवारी आवागमन बन्द गरिएको छ भने भीआईपी र खेलाडीलाई सहजरूपमा प्रतियोगिता स्थलसम्म जान आउन ओलम्पिक लेन बनाइएको छ । लेनमा नहिँड्नेले १ सय ३० पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।
ओलम्पिक खेलका लागि ४ हजार ७ सय मेडल उत्पादन गरिएका छन् ।
ओलम्पिकको उद्घाटन लगत्तै आज सुटिङ तर्फ नेपाली खेलाडी स्नेहा राज्यलक्ष्मी राणाले प्रतिश्पर्धा गर्नुहुनेछ । अन्तिम समयमा वाइल्ड कार्ड मार्फत ओलम्पिकको यात्रा तय गर्नुभएकी स्नेहाले आजको खेलमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय किर्तिमानमा सुधार गर्ने अपेक्षा गरिएको छ ।
नेपाली खेलाडीहरुबाट पदकको कुनै आशा नगरिए पनि उनीहरुबाट विगतमा उनीहरुले कायम गरेको कीर्तिमान तोडिने अपेक्षा गरिएको छ ।
प्रतियोगिता अन्तर्गत आज सुटिङसंगै आर्चरी, ब्याटमिन्टन, भारोत्तोलन, फुटबल, बास्केटबल लगायत १९ खेलका विभिन्न खेलहरु हुनेछ ।
लन्डन ओलम्पिकमा नेपालबाट स्नोहासँगै पौडीका श्रेया धिताल र प्रसिद्धजंग शाह, एथलेटिक्सका प्रमिला रिजाल र तिलकराम थारुले सहभागिता जनाएका छन् । लण्डन ओलम्पिकमा सहभागी देशका खेलाडीहरुले २६ खेलका ३ सय ४ इभेन्ट्समा पदकका लागि प्रतिश्पर्धा गर्नेछन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


