ओलम्पिकको पहिलो स्वर्णपदक चीनको पोल्टामा

28 July, 2012 14:08 | खेल | comments | 80700 Views

लन्डनमा जारी विश्वप्रसिद्ध प्रतियोगिता लन्डन ओलम्पिक–२०१२ को पहिलो स्वर्णपदक चीनको पोल्टामा परेको छ । ३० औं गृष्मकालीन ओलम्पिकको पहिलो स्वर्ण हातपार्ने भाग्यमानी चीनकी सुटर यि सिलिंग हुन् ।

 

  

२३ वर्षीया सिलिंगले १० मिटर एयर राईफल स्पर्धामा पहिलो स्वर्ण जितेकी हुन् । उनले पूर्व विश्व नम्बरवान पोल्याण्डकी सुटर सिल्विया बोगालाई  ०.७ अंकले पाराजितगर्दै विश्वकै नम्बर एक खेलाडी बनिन् ।

 

यसैबीच सुटिङमा सहभागिता जनाएकी नेपाली खेलाडी स्नेहा राज्यलक्ष्मी राणा पहिलो चरणबाटै बाहिरिएकी छिन् । उनी १० मिटर एयर राईफल स्पर्धाको पहिलो चरणमा ५४ औं स्थानमा रहेकी थिइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More