लण्डन ओलम्पिकमा चीनको अग्रता कायमै

30 July, 2012 04:12 | खेल | comments | 88200 Views

लण्डन ओलम्पिकको दोस्रो दिनको समाप्तीसम्म चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । पहिलो दिन ४ वटा स्वर्ण पदक जितेको चीनले दोस्रो दिन दुई वटा स्वर्ण पदक थपेको छ ।

हिजो चीनले डाईभिङ र शुटीङमा एक एकवटा स्वर्ण पदक थपेको हो ।

  

 

यो समेत चीनले दुई दिनमा ६ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ । ओलम्पिकमा चीनको सबैभन्दा ठुलो प्रतिद्धन्दी अमेरीका तिन स्वर्ण पदक जित्दै दोस्रो स्थानमा छ भने दुई स्वर्ण पदक जितेको ईटाली तेस्रो स्थानमा छ ।

 

ओलम्पिकमा पौडितर्फ उल्लेख्य पदक जित्दै आएको अमेरीकासँग यसपटक भने अन्य राष्ट्रहरुले पौडीतर्फका स्वर्ण पदक पनि खोसेका छन् । किर्तीमानी पौडिवाज माईकल फेल्प्सको टीमलाई हराँउदै फ्रान्सले पुरुष ४ गुणा सय मिटर फ्रिस्टाईल रिलेतर्फ स्वर्ण पदक जितेको छ । ओलम्पिक पदक तालिकामा दक्षिण कोरिया, फ्रान्स, उत्तर कोरिया र काजखस्तानले पनि २-२ वटा स्वर्ण पदक जितेका छन् ।

 

यता हंगेरी, अष्ट्रेलिया, ब्राजिल, नेदरल्याण्ड्स, रुस, जर्जीया र दक्षिण अफ्रिकाले एक एकवटा स्वर्ण पदक जितिसकेका छन् । लण्डन ओलम्पिकको दोस्रो दिनको समाप्तीसम्म कुल २६ वटा स्वर्ण पदकको छिनोफानो भएको छ भने ३० वटा देशले पदक जितीसकेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More