चीन ९ स्वर्णसहित अग्रस्थान

31 July, 2012 04:19 | खेल | comments | 93750 Views

लन्डन ओलम्पिकको तेस्रो दिन हिजो चिनले ३ वटा स्वर्ण पदक थपेको छ । तेस्रो दिनको खेलहरुपछि चिनले कुल ९ वटा स्वर्ण पदक जित्दै तालिकामा अग्रता कायमै राखेको छ ।

  

 

चिनले ५ रजत र ३ कास्य पदक सहित कुल १७ पदक बटुलेको छ ।

 

 

दोस्रो स्थानको अमेरीकाले ५ स्वर्ण पदक जितेको छ । ७ रजत र ५ कास्य पदक जितेको अमेरीकाको पनि कुल पदक संख्या १७ भएको छ । ३ वटा स्वर्ण पदक सहित फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । समान ३ वटा स्वर्ण पदक जितेको उत्तर कोरीया चौथो स्थान छ । ईटाली, दक्षिण कोरीया, रुस र काजखस्तानले दुई दुईवटा स्वर्ण पदक जितेका छन् ।

 

ओलम्पिकको तेस्रो दिनको समाप्तीसम्म १८ वटा राष्ट्रले स्वर्ण पदक जितिसकेका छन्भने रजत र कास्य समेत गरेर पदक जित्ने देशहरुको संख्या ३७ पुगेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More