स्विट्जरल्याण्डमा फुटवल प्रतियोगितामा सम्पन्न
स्विसनेपाल टिम—सबैले संगै हातेमालो गरौ,सबै संगै अगाडी बढौ,सबैको सामुहिक प्रयास र सहकार्यले नै हाम्रो लक्ष्य र उद्धेश्य पुरा हुन्छ भन्ने भावनाका साथ गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा यहि जुलाई २९ तारिख आईतवारका दिन स्विट्जरल्याण्डको लुर्जेंनमा स्विटजरल्याण्ड लागि नेपाली राजदुत महामहिम शंकर दास बैरागी ज्युको प्रमुख आथित्यमा प्रथम अन्तर नेपाली रनिङ शिल्ड फुटवल प्रतियोगितामा सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा स्विट्जरल्याण्डबाट मात्र नभै फ्रान्सबाट पनि सहभागीता रहेको थियो।जेनेभा टिम ,जुरिच टिम ,लुजेंन टिम ,युनिक बासेल टिम,बर्न समाज टिम ,स्विस नेपाल डटकम टिम र फ्रान्स टिम गरि ७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता लिग कम नकाउट आधारमा खेलाईएको थियो।दुई समुहमा विभाजन गरिएको प्रतियोगितामा समुह A बाट बर्न समाज टिम र स्विस नेपाल डटकम टिम , समुह B बाट युनिक बासेल टिम र लुजेंन टिम सेमिफाईनलमा प्रवेश गर्न सफल भएका थिए।सेमी फाईनलमा युनिक बासेलले स्विस नेपाल डटकम लाई र बर्न समाजले लुजेंन टिमलाई प्रतिस्प्रधात्मक खेलमा हराउदै फाईनलमा प्रवेश गरेका थिए।स्विटजरल्याण्डको विभिन्न शहरहरुबाट उल्लेखनिय नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको सहभागिताका बीच अत्यन्त प्रतिस्प्रधात्मक रुपले सम्पन्न भएको फाईनल खेलमा युनिक बासेलले बर्न समाज लाई ३-१ले पराजित गर्दै प्रथम अन्तर नेपाली रनिङ शिल्ड चुम्न सफल भएको थियो।
प्रथम हुँदै युनिक बासेलले रनिङ शिल्ड सहित ५ सय स्विस फ्रान्क, पदक र प्रमाण पत्र हात पारेका थिए भने दोस्रो स्थान प्राप्त गरेको बर्न समाजले ३ सय स्विस फ्रान्क ,पदक र प्रमाणपत्र हात पारेको थियो । प्रतियोगितामा सर्वाधिक ९ गोल गर्दै युनिक बासेलका ईश्वर थापाले सर्वाधिक गोल गर्ने खेलाडीको पुरुस्कार जित्न सफल भएका थिए भने प्रतियोगिता भरिनै राम्रो खेल प्रदर्शन गर्दै बर्न समाजका एलान गुरुङ सर्वोकृष्ट खेलाडी घोसित भएका थिए।खेल पस्चात औपचारिक रुपमा पुरुस्कार बितरण कार्यक्रम् सुरु भएको थियो र उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष बिनय श्रेष्ठले गर्नु भएको थियो भने संचालन संघका सदस्य गुणराज शर्माले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अथिति महामहिम शंकर दास बैरागी अथितिको रुपमा बाणिज्य मन्त्रालयका सह सचिव तोया ज्ञवाली ,स्विस नागरिक कुट कापलर ,जनसम्पर्क समितिका अध्यक्ष राम कुमार महतो,एनआरएनका आईसीसी प्रितम गुरुङ,कार्यक्रम संयोजक एवं एनआरएनका उपाध्यक्ष धर्म गुरुङ साथै एनआरएनका संस्थापक अध्यक्ष एवं पुर्व आईसीसी संजय मुडवरीलाई आसन ग्रहण गराईएको थियो।उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण प्रायोजक ,खेलाडि ,सघ सस्था ,समुह र उपस्थित सबैलाई कार्यक्रमका संयोजक धर्म गुरुङले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमका प्रमुख अथिति महामहिम शंकर दास बैरागीले खेलकुदको माध्यमबाट नेपाली नेपाली बिच सम्बन्ध बढाउने प्रयासको प्रसंशा गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमहरु गर्दै जानु पर्ने बताउदै आफनो र नेपाली दुतावासको तर्फबाट सधै सहयोग र साथ रहने बताउनु भयो।
पुरुस्कार वितरणको क्रम दोस्रो हुने टिम बर्न समाजलाई कार्यक्रम संयोजक धर्म गुरुङ र आईसीसी सदस्य प्रितम गुरुंगले सयुक्त रुपमा पदक र प्रमाण पत्र वितरण गर्नु भएको थियो भने नगद पुरुस्कार बर्न समाजका टिम क्याप्टेन विकल थापालाई प्रमुख अथितले प्रदान गर्नु भएको थियो।त्यसै गरि प्रथम हुने टिम युनिक बासेल सहित सर्वाधिक गोल गर्ने खेलाडी ईश्वर थापा र सर्वोकृष्ट खेलाडी एलान गुरुङलाई प्रमुख अथिति महामहिम शंकर दास बैरागी र अध्यक्ष बिनय श्रेष्ठले सयुक्त रुपमा पदक र प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने नगद पुरुस्कार स्विस नागरिक कुट कापलरले युनिक बासेलका टिम क्याप्टेन प्रविन थापालाई प्रदान गर्नु भएको थियो।उहाले प्रथम पुरुस्कारको नगद राशी ५०० स्विस फ्रान्क प्रयोजन गर्नु भएको थियो भने रनिङ शिल्ड युनिक बासेलका क्याप्टेन प्रविन थापालाई प्रमुख अथिति महामहिम शंकर दास बैरागीले प्रदान गर्नु भएको थियो । प्रतियोगितामा सहभागी भई सफल रुपले सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै आगामी वर्षहरुमा पनि यसरी नै प्रतियोगिता संचालन गर्दै जाने जानकारी दिदै संघका अध्यक्ष बिनय श्रेष्ठले कार्यक्रमको समापन गर्नुभएको थियो ।साथै उक्त कार्यक्रममा स्विस हिमालयन नेपाली फुडका दल बहादुर पुन र लोकेन रानाको नेतृत्व मा तयार पारिएको म.म.ले सबैको मन जित्न सफल भएको थियो भने स्विटजरल्याण्डवासी नेपाली लगायत संसार भरि रहेका नेपालीलाई अनलाईन मार्फत नेपाल लगायत प्रवास ,स्विस गतिविधि सगै समाचार र सुचनाले सु-सुचित गराउदै आएको स्विसनेपाल डटकमले खेलकुद मार्फत स्विटजरल्याण्डमा रहेका नेपाली बिच अझै गाढा सम्बन्ध र सद्भाव बढाउने उद्देश्यले आफ्नो टिमको सहभागिता जनाउदै सबै माया र समर्थनले सेमिफाईनल सम्मको यात्रा तय गर्न सफल भएको थियो।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


