वसन्त रिजालको पहिलो कृति विमोचनसंगै दुई स्रष्टा पुरस्कृत

27 December, 2020 11:56 | साहित्य | comments | 82500 Views

साहित्य सदन बौद्ध रामहिटी ले यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरेको छ । सोही अवसरमा साहित्यकार वसन्त रिजालको पहिलो कविता सङ्ग्रह “ब्युँझिएपछि” को विमोचन गरिएको थियो ।

सदनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गर्नुभएको हो ।

  

हृदयचन्द्र स्मृति सम्मानको राशि रु २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशि रु २० हजार रहेको छ । कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानबारे समिक्षा गर्नुभएको थियो ।

विमोचित कृतिको समीक्षासाहित्यकार डा विदुर चालिसेले  गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राडा हेमनाथ पौडेल, साहित्यकार सीता शर्मा, मित्रलाल पंज्ञानीलगायतले नेपाली साहित्यमा हृदयचन्द्रसिंह प्रधान र गोपालप्रसाद रिमालको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो । साथै स्रष्टाहरुले प्रधान र रिमालको स्मरणमा कविता वाचन गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More