स्वार्थपूर्ण गठजोड छोडेर प्रेमपूर्ण मिलनको अवसर

8 March, 2021 13:05 | बिचार | comments | 99750 Views
दिपेन्द्र अधिकारी

नेपालको राजनीति इतिहासमा एकपटक फेरि स्वर्णिम अवसर मिलेको छ । हिजोको नक्कली स्वार्थपूर्ण इङ्गेजमेन्टलाई बिर्सिएर नयाँ प्रेमभावपूर्ण इङ्गेममेन्टको सम्बाद गर्ने अवसर हो यो यदि देशभक्ति र जनताप्रति जिम्मेवार छौ भने । बिगतको सबै घट्ना एक टाईमस्लिप थियो । सबैले यसरी नै सोचौ र अब ब्यूँझिएर हातमुख धोएर सबै संगै बसेर तातो चिया नास्ता गर्दै नयाँ सिराबाट छलफल शुरू गरौैं । सबै आग्रह, पूर्वाग्रह मेमोरीबाट डिलिट गरौं ।

यो समय लड्डु खाएर दीयो बालेर बस्ने हैन । न हार भएको छ, न जीत नै । तर जनता र देशले अनावाश्यक दुःख पाए । यो कुनै क्रान्तिको लडाइ थिएन । मात्र एकआपसको शक्ति चिन्न, बुझ्न नसक्दा कमजोर धरातलमा भएको एकता थियो । यद्यपि सोच दुबै पार्टीको सूर्य र चन्द्रमा जस्तै फरक थियो । एक्कासी एकता भएको यो एउटा सपना जस्तै थियो । अब फेरि ब्यूँझिएर समाजवादको आन्दोलनलाई बिपनाबाट सोचौं । देश जनताको समृद्धि सोचौं । छिमेकीको कुटिल पञ्जाबाट नेपाललाई जोगाउँ । सपनामा उडाएको डबल पाईलट जेट अब पनि होस फिर्ता नगरिए, अब पनि कुस्ति खेलिए, जेटको सुरक्षित आवतरण नगरिए जेट नै सखाफ हुन्छ, जनताका सपना जति चकनाचुर हुन्छन्, हामी सबै टुहुरा बन्छौ । अव त आँखा खुलुन प्रभुहरूका ।

सन्मार्गबाट कुमार्गमा हिंडेपछि विस्तारै यात्रीहरूले छोड्दै जान्छन् । सवै मान्छे कसै न कसैसंग जोडिए पनि धेरै मान्छे सधै सही मार्गलाई मात्र पच्छाउँछन् । एकाध हुन्छन् हरियो घासको पछाडि हिड्नेहरू, उनीहरु पनि घाँस खुवाइन्जेल मात्र हो । अन्ततः पशुलाई पनि आफ्नो बासस्थान प्यारो हुन्छ । लोभीलाई लेभले हैरान बनाउछ, यो ठीक की त्यो ठीक ? यता जाउँ की उता जाउ, यो दिउँ त्यो दिउँ ? क्या टेन्सन् । लोभ नहुनेलाई न जाला भन्ने डर, न पाउँला भन्ने रहर, न सुटुक्ट खाउँला भन्ने कहर । मात्र नेपाल र नेपालीको राम्रो होस् भन्ने सोच्छ ।

  

म एक स्वतन्त्र नागरिक हु । झुकाब पूर्व एमालेमा । संसद बिघटन एक जिम्मेवार नागरिकको हिसाबले खरावभित्रको सही निर्णय जुन प्रधानमन्त्रीको साहासको स्वागत गरेको थिएँ । रिजल्ट जेसुकै होस एक्सनमा जानु महत्वपूर्ण हुन्थ्यो, भयो पनि । यद्यपि रिजल्ट छिटो दिन्छ आफ्नै खिलापमा पनि किन नहोस् । हुन पनि त्यस्तै भयो । संसद बिउँतियो । यसको अर्थ समस्या त सकिएको छैन ? संसद बिउत्याउन गरेको आन्दोलको औचित्य सार्थक पार्न पनि अझ बढी जिम्मेवार भएर अस्थिरतालाई जसरी तसरी आउन दिनु हुँदैन । जस्तै चुनाव हुँदाको अवस्थाभन्दा देशले कयौ गुणा बढी मुल्य चुकाउन परोस् ।

एकताको लागि बाधक आवश्यक शक्ति जोगाए राख्नुपर्छ भन्ने एकथरि नेकपालाई माया गर्ने दुबै पक्षमा धेरै रहेको अनुभव गरें । हुन पनि किन नहोस् यस्तो स्वणिम अबसर नेपालमा जनताको शान्तिपूर्ण प्रयासबाट समाजवाद स्थापना गर्नु भनेको युगयुग पर्खे पनि नजुर्ने अवसर हो र विश्वमै नयाँ अभ्यास पनि । नेपाल नयाँ यूगको नयाँ समाजवादको ब्राण्ड हुने अबसर मिलेको छ । बिरोधी, दुश्मन जतिखेर पनि यो एकता भंग गर्न चाहन्छ । होस फर्काउनु, आवेगमा नरहनु । अवत सिंङ फुस्किए कि, हात, खुट्टा भाच्चिए कि, रियलाइज गरेर अव संगै बसेर मलम लागाउदै संगै जानु नै उत्तम मार्ग ।

जुन जात उही भाषा, जहाँ कमजोर त्यही प्रहार, गलत नियतिको क्रान्तिभन्दा आत्मसमर्णपन गर्नु बैज्ञानिक, लडाइमा जिउ, अनिकालमा बिउ जोगाउनसक्ने नै वास्तविक हिरो । युद्धपछिका बिश्लेषण आदि इतिहासको अनुभव पनि लिदै अगाडि बढ्ने हो । कठोर रूपमा यो वा उ पक्षमा उभिनुको अर्थ कता कता स्वार्थ अझै घुसेको छ भन्ने हुन्छ । सानो आफ्नो स्वार्थ नहेरौं । समग्र उपलब्धी र जनताको खुसी हेरौं । प्रसंगमा यो जोड्न मनलाग्यो जसले दिमागलाई पनि आनन्दमय बनाउन सकियोस ।

तनावको जिन्दगीमा सोमरसको भयो आश ।
जताततै खिचातानी अशान्तिको भयो बास ।।
जे पर्ला भनि आखा छोपी हास्दा त आज मेरै ।
परिश्रमले बनाएको व्यक्तित्वको भयो ह्रास ।।

हिजो वास्तवमा बिरोधको क्रममा एकपछि एक जननीको अपमान, अनुशासन हिनता, पत्रकारमाथि अपशब्द, देशकै अस्मितामाथि अपमान जस्ता निम्नस्तरको अभिव्यक्ति आउनुको कारण थियो आत्तिएको, मात्तिएको जिब्रोलाई अधिनमा राख्नु नसक्नु । यसमा दुबै पक्षको जिम्मेवारी छ भने जसले बोले उनीहरूको हैसियतको मापन पनि भएको छ । भनिन्छ मान्छेको अभिब्यक्तिले उसको ब्यक्तित्व मापन गर्न सकिन्छ । जे होस भबिष्यमा यसको उत्तर जनताले नै दिनेछन । अरूले टाउको दुखाउने बिषय हैन ।

हरेक समस्याको समाधान गर्ने एकमात्र बाटो मित्रभाव बहस हो । एउटा बिचारलाई नै पूर्ण नष्ठ गर्न खोज्नु मुर्खता । मुर्खलाई बचाउन बार बार भाग्य दौडेर आउँदैन । सधै सधै विचारमा अधोगति आइरहनु राम्रो हुँदैहैन । नेपालको समस्या नेपालीले नै नगरेर बिदेशी शक्तिसंग सहयोग माग्नु मातृभूमिको अपमान हो । यसरी त नेपाल दुर्इ ढुंगाको तरूलबाट सधै सधैका लागी दुर्इ ढुंगाको पापड बन्न जान्छ या नेपाल नै प्रान्त नबन्ला पनि भन्न सकिदैन ।

यति लामो समयको खिचलो उदेक नमान्ने नेपाली देश या बिदेशमा सायद कमै होलान । नागरिकको हिसाबले सबैले राजनीति गर्न जरूरी छैन । तर शान्ति र समृद्धिको लागि कस्तो राजनीतिक शक्ति नेतृत्वमा भए देशले काचुली फेर्छ ? स्पस्ट, स्वतन्त्र नागरीक भएर आवाज उठाउनु पनि जरूरी हुन्छ । गैरजिम्मेवार, तल्लोस्तरको शब्द्ध खर्च गर्नु समयको बर्बादी मात्र हो । खर्च गर्नु नै छ भने सकारात्मक शक्ति निर्माणमा खर्च गरौं ।

मलाई जहा भए पनि समाजप्रति चिन्तन गर्न मन पर्छ र गर्नु कर्तव्य पनि कर्तव्य ठान्छु । यस अर्थमा आफ्ना अभिब्यक्ति, लेख सेयर गर्न मन पराउँछु । परम्परावादी सोचबाट टाढै बसेर आफ्नै सुत्ने समयलाई कटौती गरेर भए पनि हरेक नेताको अन्तरवार्ता सुन्ने गर्छु । प्रायः नेताको सोच देश जनताप्रति नै हो तर सोच्ने शैली फरक पाएको छु । कतिपय विवादास्पद अभिव्यक्ति सुनिन्छ । यसपाली मार्क्सवादीहरूबीच नै अश्लील ताण्डव नाच देखियो । धन्न अदालतले स्वतन्त्र भएर एकपछि अर्को निर्णय लगातार दिन सकेको छ । यस अर्थमा लोकतन्त्र झन बलियो भएको छ ।

नेपालमा राष्टरुवादीको ठूलो शक्ति छ । बाहिरी एजेन्ट हो भन्ने जनताले सुइको पाउने बित्तिकै नाङ्गै बनाइदिन्छन् । हुन त आवश्यक भन्दा बढी राष्ट्रवादी भए जुंगा मुसार्न मात्र काम लाग्ने हो । फुस्रो राष्ट्रवादले सबै नागरीकलाई कोदाको रोटी पनि उपलब्ध गराउन सक्दैन । देशको संरक्षण संगसंगै बौद्धिक कुटनीटिक सम्बन्ध पनि छिमेकीसंग राखेर छिमेकी देशहरूभन्दा समृद्ध नेपाल बनाउनु पर्छ । जस्तै युरोपमा सबैभन्दा समृद्ध देश सुइस छ । नेपाललाई सुइस बनाउँछौ भाषणमा मात्र हैन साँच्चै छिमेकी देशहरूसंग राम्रो सम्वन्ध राख्न सके अवश्य नेपाल एसियाको सुइस बन्छ ।

सम्माननीय प्रधानमन्त्रीको केही दिन अगाडि अन्तरवार्ता सुन्दा एकदम कन्फिडेन्ट र शान्त तरीकाले तर सामना गर्ने चुनौति दिनु भएको थियो । कुन ठीक कुन गलत त्यो भोलि जनताले नै प्रमाणित गर्लान । तर यस्तो आत्मविश्वास भएका प्रधानमन्त्रीसंग म एक नेपाली नागरीकको हिसावले सम्मान गर्छु । हो उहासंग थुप्रै कमजोरी छन् । तर एउटै भए पनि शिखर चुम्ने आत्मविश्वास छ बार्बरिक जस्तो । यसलाई स्वीकार्नु मै जीत छ ।

वास्तवमा नेपालमा दलभित्रको शितयुद्धको विराम आवश्यक थियो र छ पनि । सायद यो सबैको चाहाना हो । तर कसरी ? फेरि सुरूवाती सम्बन्धको मुहानमा पुग्ने बिकल्प अव प्रेमिल एकता तुरून्त असम्भव भए पनि मैत्री सम्बन्धबाट एक आपसमा प्रष्ट पार्दै जाने । यसैबाट समस्यालाई विस्तारै सम्वाद गरी समाधान गर्ने मोर्चा बनाएर कार्यगत एकता गरी महाधिवेशनमा गएर युवालाई नेतृत्वमा ल्याउने बाटो समात्नु उत्तम हुन्छ । युवा भनेको मस्तिष्क लुलो तर घुँडा बलियो हैन । सबै कुराले परिपक्क हुन जरूरी छ । तत्काल नेतृत्वहरूमा कुनै पदको लोभ छैन चिन्ता मात्र छ । यस्तो अवस्थामा जिम्मेवारीबाट हट्दा आन्दोलनलाई सफल गर्न सकिदैन भन्ने दुबै पक्षका आदरणीय नेताको अभिव्यक्ति बुझिन्छ । यस्तो स्थितिमा युवा नेतृत्वले हिम्मत गर्नुपर्छ र उहाँहरू दुवैको विश्वास लिनु पनि पर्छ ।

गज्जव के भएको थियो भने एकतिरबाट गाँठो खोले पनि अर्को गाँठो बन्दै जाने गज्जवको सम्बिधान बनेको रहेछ । नछुट्ने भाग्य, ग्रह पनि जुरेको रहेछ (यद्यपि म धर्ममा हैन कर्ममा बिश्वास गर्छु) । लिभिंग टुगेदरै भए पनि इतिहास सम्झिने हो भने संसारमा मात्र बदला भाबले धेरै मिलेर गरेको बिद्रोहले भन्दा एक्लै भए पनि हाँसी हाँसी न्याय, शान्ति, र समृद्धिका लागि सत्मार्गमा हिड्न सक्ने नेता मात्रै युगयुगसम्म अमर रहेको यथार्थ छ । जस्तै अब्राहम लिंकन, महात्मा गान्धी जसलाई संसारले लोकतन्त्रका महान पिता ठान्छ । उहाँहरू कुनै ढुंगाका देवता हैनन् तर मानव अधिकारका मार्गदर्शक हुन । जसलाई जुनसुकै विचार या वादले पनि सम्मान गर्दछ । सर्वमान्य मार्गदर्शकको उदय नेपालमा हुनुपर्छ । जेहोस अव मन, विचारको टुङ्गो लागोस । जन त मिलिहाल्छ । जनता सधै सत्यको साथमा छन् । अब हतासको अभिव्यक्ति दिन सबैले छोडौ यदि नेपालको मायाँ छ भने ।

फोहोर देखेपछि सफा गर्ने हो । सफा गर्न मन नलागे लुरूक्क हिड्ने गर्नुपर्छ । सफा पनि नगर्ने नानाभाती भन्दै हिड्नेहरूले समाजको फोहेर सफा गर्दैनन् झन फोहोर थपेर जाने मात्रै गर्छन् । हिड्दै गरेको बाटो भत्किए कि वनाउने हो, कि अर्को अर्को बाटो खोज्ने हो । बेकारमा तैले वा मैले भत्तकाएको हो वा हैन भन्दै एकआपसमा दोषारोपण गरेर समय वर्वाद गर्नुको उद्देश्य के थियो ? के यस्तो व्यवहारले पुगिन्छ गन्तव्यमा ?

डेमोक्रेसिमा विवेक, नैतिक, अनुसासन नभएपछि थोरैबढी बहुमत प्राप्त गर्ने लडाई नै लज्जास्मक हुन्छ । २१ औ शताब्दीमा हामीले ल्याएको लोकतन्त्र यस्तो ठुस्स गनाएको किन हो ? कतै बिदेशबाट गनाएको लोकलन्त्र त बोकेर ल्याएनौ ? यी सबै बहसका बिषय हुन् । लोकतन्त्रमा एक आपसमा राम्रोलार्इ राम्रो भन्न सक्ने, गलतलाई गलत भन्न सक्ने दक्षता छैन भने मान्नुहोस तपाईहरू चिट चोरेर लोकतन्त्रमा पास हुनुभएको हो, हैसियत भएर हैन । एउटा बिबाद जसको समाधान मानव संग छैन । त्यस्तै बहस भएको हो कि ? कुखुरा र अण्डामा कुन पहिला जन्मेको ?? एउटा भन्छ कुखुरो पहिला र पो अण्डा पार्यो । अर्को भन्छ अण्डा भएर पो कुखुरो वन्यो । यो बिबाद मिलाउनलाई ब्रह्मदेव नै प्रकट हुनु पर्छ धर्तीमा ।

समस्याको बिउ मकै छरेझै छर्नु पहिलो ठूलो दोष थियो । दोस्रो ठूलो दोष त्यसलाई नरोक्नु थियो । बलजफ्ती भिरबाट गुल्ट्याउन खोज्दा नयाँ मार्ग निक्लियो । एक र दुर्इबाट जन्मिएको प्रतिक्रिया थियो, परिणाम थियो नयाँ मार्ग खेज्नु । दोष थिएन, आत्मर