होटलहरुमा युवती “सप्लाई” गर्ने प्रहरीको फन्दामा

4 July, 2012 12:05 | समाज | comments | 106200 Views

लामो समयदेखि पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलहरुमा यौनजन्य कार्यका लागि युवतीहरु उपलब्ध गराउने एक व्यक्ति पक्राउ परेका छन्। 

 

  

पोखरास्थित बाग्लुङ बसपार्कमा भेटघाट खाजाघर सञ्चालन गर्ने डोल्पाका आशिष लामाले होटलहरुमा यौनजन्य कार्यका लागि युवती सप्लाई गर्ने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

 

प्रहरीले चार युवतीलाई ग्राहकको मागबमोजिम एक होटलमा पठाइरहेको अवस्थामा पक्राउ परेपछि उनीहरुलाई प्रयोग गर्ने मुख्य व्यक्तिको रहस्य खुलेको हो।

 

पक्राउ परेका युवतीहरुले लामाले पठाएको ठाउँमा गएर यौनजन्य कार्यमा संलग्न हुने गरेको खुलाएका छन् भने लामाले पनि आफु होटलहरुको सम्पर्क सुत्र भएको स्वीकार गरेका छन्। पर्स्याङमा मंलबार राति चेकजाँच गर्ने क्रममा एउटा ट्याक्सीमा चार युवती लेकसाइडको एक होटलमा लैजाँदै गर्दा पक्राउ परेका हुन्।

 

प्रहरीले उनीहरु पाँचै जनालाई सार्वजनिक अपराधको मुद्दा चलाएको छ। पक्राउ पर्ने युवतीहरु पटके यौन व्यवसायी भएको प्रहरी निरीक्षक चन्दले बताए। उनकाअनुसार केही दिनअघि मात्रै थुनामुक्त भएकी युवती समेत पुन पक्राउ परेकी थिइन्।

 

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शेरबहादुर चन्दका अनुसार लामाले पोखराका विभिन्न होटलमा युवती सप्लाई गर्ने गरेको स्वीकारेका छन् ।

 

प्रहरीका अनुसार पोखरामा यौनजन्य गतिविधि बढेको छ। पछिल्लो ५ महिनामा मात्रै यौनकार्यमा संलग्न ६५ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ। त्यसमध्ये ८ भारतीय पर्यटक समेत छन्। पक्राउ कुल संख्यामध्ये यौन व्यवसायमा संलग्न ३४ युवती, नेपाली पुरुष २३ र भारतीय पर्यटक ८ जना रहेका छन्।

 

प्रहरीले सुराकीका आधारमा होटलहरुबाट अवैध गतिविधि गर्नेलाई पक्राउ परे पनि प्रमाण जुटाउन नसक्दा यौनजन्य अपराधको मुद्दा अघि बढाउन समस्या हुने गरेको छ। प्रहरीसंगको बयानमा यौनजन्य कार्यमा संलग्न रहेको स्वीकार गरे पनि सबै युवतीले अदालतमा बयान फेर्ने भएकाले प्रमाण पेश गर्न कठिन हुने गरेको छ।

 

पोखराका होटलहरुमा यौन व्यापार हुने तथ्य बारम्बार खुले पनि पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने होटलहरुमा अवैध यौन कार्य हुने गरेको भनाईप्रति असहमति जनाउनुभएको छ । होटलहरुमा जथाभावी हुने नाममा रात विरात छापा मारेर पर्यटकलाई दुःख दिन नहुने पनि सापकोटाको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More