रमेश विकलको पूर्णकदको शालिक अनावरण
नेपाली भाषा साहित्यमा आख्यान विधाका मुर्धन्य स्रष्टा स्व. रमेश विकलको पूर्णकदको शालिक अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको प्रांगणममा स्थापना गरिएको शालिक उहाँको ९२ औं जयन्तीका अवसरमा अनावरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले एक समारोहकाबीच अनावरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले गोकणेश्वर नगरपालिकाले नेपाली भाषा साहित्यका साधकहरुको सम्मानमा र साहित्यको श्रीवृद्धिमा कुनै कसर बाँकी नराख्ने जनाउँदै रमेश विकल साहित्य प्रतिष्ठाका हरेक गतिविधिमा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, डा. विदुर चालिसे, शान्ति रिसाल, नगर सलाहकार दपक रिसाल, रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल कला प्रज्ञाप्रतिष्ठानका उपकुलपति केके कर्माचार्य, रोचक घिमिरे लगायतले स्व. विकलको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसै गरी प्रतिष्पठानका महासचिव साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसेले प्रतिपष्ठान स्थापनादेखि शालिक अनावरणसम्म नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय निकायबाट प्राप्त सहयोगको सह्राना गर्दै भावी दिनमा निरन्तर सहयोग प्राप्त भैरहने विश्वास व्यक्त गर्नुभयो ।
स्व. विकलको शालिक गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलले बनाउनुभएको हो ।
सोही समारोहमा अभिनव साहित्य प्रतिष्ठानले स्थापना गरेको रमेश विकल बाल साहित्य पुरस्कार प्रदान गरिएको थियो । विद्यालय तहका बालबालिकाबीच आयोजना गरिएको आँसु कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः विभूति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारीलाई पुरस्कृत गरिएको हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


