Social Feeds
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
बाबुराम भट्टराई
नेपालमा १०३वर्षअघिनै मकवानपुरको चुरियामाई सुरुङ्गमार्ग बनाइएको थियो।अमलेगञ्ज–हेटौंडा सकडखण्डमा राणाहरुले बनाएको ७सय मिटरको सुरुङमार्ग अहिले भग्नावशेष मात्र बाँकीछ।सुरुङ्गमार्गमा फेरि प्रवेश गर्न एक शताब्दीनै लाग्यो।
दोष कसलाई दिउ!
धन्यवाद नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निम्ति।
दोष कसलाई दिउ!
धन्यवाद नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निम्ति।
किशोर सुबेदी
गरिमा प्रजातिको धानले धोका दियो,,फसल नलाग्ने बीउ दिएर किसानलाई धोका भएको छ, पुर्ण परिक्षण नगरी किसानको परिश्रम खेर गएको छ,,न्यायोचित ब्यबस्था भै सम्बन्धित कर्मचारीलाई कार्बाही होस!!
अंकित ठकुरी अविरल
नागढुङ्गा सुरुङ्ग मार्गको शिलन्यास आज । खुशीको कुरा । यो आयोजना समयमा संपन्न हुने संभावना धेरै छ । कारण यो जापानी हरुले बनाउँदैछन् र अर्को कुरा सुरुङ्ग भित्र गएर मुआब्जा माग्ने, बन्द गर्ने काम हुँदैन ।
सुधाम्शु केसी
जे गरेपनि, कसैसित प्रतिष्पर्धा नगरी, आफ्नै लागि गर्ने हो । आफूभित्रको क्षमतालाई निखार्ने हो । अरुको प्रतिभाको ढक राखेर उसैको तराजुमा आफ्नो क्षमता जोख्नुको कुनै तूक छैन !
सुबिन भट्टराई
साइरन बज्यो,एम्बुलेन्स ठानेर बायाँ च्यापेँ। प्रधानमन्त्री सवारी रैछ-सुरुङमार्ग शिलान्यासमा जाँदै। तामझामबिना,सडक खाली नपारी,सुँइको नदिई यसरी नागरिकसँगै सडकमा प्रधानमन्त्रीको सवारी देख्दा खुसी लाग्यो। राष्ट्रपति सवारीमा पनि जनता नचिढ्याउन पूरै कोसिस होस्।
टेकनारायण भट्टराई
नागढुङ्गा - सिस्नेखोला सुरुङमार्गको शिलान्याससँगै हामीले सडकका लागि टनेल प्रविधिको सुरुवात गरेका छौँ। पूर्वाधार विकासमा नयाँ प्रविधिका साथ अर्को एउटा फड्को मारेका छौँ । नेपाल अरु एक कदम अगाडि बढेको छ। निर्धारित समयभित्रै हामी यसलाई टुङ्गोमा पुर्याउने छौँ।
केपी शर्मा ओली
सुर्खेत मा गाईलाई भिरबाट खसालि
दियछन के त्याे बाध्यता थियाे र?
"गाई मारा र भाइ मारा मात्र
छन् क्या हाे देशमा"
द जटाधारी
सुर्खेतमा भएको सामुहिक गौहत्या को दोषि जो कोहि होस तुरुन्तै कारबाही गरियोस् अन्यथा परिणाम नराम्रो हुन सक्छ चेतना भया
लक्ष्मण श्रेष्ठ
नेपालका बुद्दिजिविले जति समस्या उत्खननमा जोड दिन्छन त्यतिने समाधानको लागि दबाब दिनसक्ने हो भने केही परिवर्तन आउथियोकी झै लाग्ने !
सबिता धिमाल
‘हेग’लाई ठट्टामजाकको विषय नबनाऊँ !वृहद शान्तिसम्झौता र सत्यनिरूपण तथा मेलमिलाप कुनै एउटा पार्टी/व्यक्तिको मात्र ठेक्काको विषय हैन सबै पार्टी र राष्ट्रको सामुहिक स्वामित्य र जिम्मेवारीको विषय हो!यसलाई छिटो टुंग्याऊँ!’आँखाको बदला आँखा’को हम्मुराबीयन सोचले हामी सबैको आँखा फुटाउनेछ!
बाबुराम भट्टराई
पदिय मर्यादा विपरित हास्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश।राम्रो काम गरेर जनताको मन जित्नोस, कसै प्रति आक्रोश देखाउनै पर्दैन।
सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ। समय मै बिचार गरौं।जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहांउदैन।
सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ। समय मै बिचार गरौं।जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहांउदैन।
कमल थापा
२४ घन्टाको प्रतिक्षा र प्रयाश पश्चात् सत्यवती ३ ठूलोलुम्पेकमा राहत सामग्री पुर्याउन र घाइते वालिकाहरू करिष्मा र धनी त्रामुलाई उपचारका लागि ल्याउन सकियो । गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे एवं नेपाली सेनाका कर्णेलद्वय प्रताप बोहरा र ऋषभ अधिकारीसहित सबैलाई धेरैधेरै धन्यवाद !
प्रदीप ज्ञवाली
राप्रपा प्रति आमजनताको स्वस्फूर्त बिश्वासलाई जगेर्ना गर्दै बलियो राष्ट्रवादी शक्ति निर्माण गरौं। राजधानी र सदरमुकाममा बसेर नकारात्मक गफ/सोचमा समय खेर नफालौं।जनताको माझमा जाऔं,विश्वास जितौं, सफलता अवश्यंभावि छ।
कमल थापा
जातीय पहिचान र अधिकारका कुरा निस्किदा मात्र वर्गका सिद्धान्त सम्झिनेहरु देखेर अचम्म लाग्छ । अरु बेला मजदुर-किसानका दुख किन बिर्सेका होलान्? वर्ग र पहिचान एक अर्काका बिपरित होइनन्, बरु परिपुरक हुन।
श्रेया पौडेल
सरकारी कार्यलयको एउटा कोठामा छु, हाकिमसापलाई पर्खँदै! वरिपरि हेर्दैछु, धुलोले डाकिएका प्रिन्टर/कम्प्युटर, लथालिङ्ग तारहरु, सिलिङ्गमा माकुराको झुन्डिएका जालो, बर्षौ नपुछिएको भित्ता अनि भितामा धमिराको ट्रेल। हाकिम सापको कोठामा पुगें, दृश्य नै फरक छ! सबै सुसज्जित, सबै ब्यवस्थित।
रोशन मिश्र
देश भित्रै छ्यापछयाप्ति जयशंकरहरु छन्, उनीहरुलाई सच्याऔ । दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन् !
योगेश भट्टराई
सडकमा बत्ती बल्दैन, कर तिर्न लाइन बस्नुपर्छ, ६ महिना कुर्दा एउटा लाइसेन्स बन्दैन। सडक धुलाम्मे छ। छोराछोरी पढाउन नसकिने शुल्क छन्। बेथिती कहाँ छैन? तर नेकपा सरकारले सँधै एउटै उपलब्धि देखाउँछ - वृद्धभत्ता बढ्यो। यो भिडिओ नेकपालाई चुनावका बेलामा काम लाग्छ भनेर ट्विट गरिदिएको।
मनोज सत्याल
एनआरएनमा यसअघि अघोषित रूपमा थियाे, यसपाली त घोषितरूपमा प्रजातान्तिक र प्रगतिशिल पक्षधर प्यानल भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका रहेछन् अमेरिकादेखि अष्ट्रेलियासम्मका गैर आवासिय नेपालीहरू। सामुदायिक वनदेखि एनआरएनसम्म दलिय राजनितिले नछाेड्ने भयाे ।
उत्तम बाबु श्रेष्ठ
नयाँबर्षको बजेट पुरानै निरन्तरतामा देखियो; केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक!यत्तिकैमा भित्री/बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला?त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला?पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन!
बाबुराम भट्टराई
वेबसाईटमा १०बजे खुल्छ भनेकोछ, सुन्धारा अफिस चै १०:३०बजे पनि खुल्न धौधौ। साईट अपडेट नभको कि कर्मचारीहरु अट्टेर भको हो @Hello_सरकार सुन्धारा हुलाक! सरकारी समयलाई कहिले सर्वसाधारणको समयमा बदल्ने? सबै कार्यलयमा यस्तै भेटिन्छ, जिम्मा कस्ले लिने? नेपाल सरकारले कि कार्यलयको प्रमुखले?
रोशन मिश्र
प्रधानमन्त्री ,नेकपा अध्यक्ष अनि महानगरका मेयर रमाउदै बस्ने अनि धुर्मुस रुन पर्ने? उद्घाटन गर्ने बेला यी तिनले ठुलै कुरा गर्थे,एउटा जाबो सुरक्षा दिन पनि सकेनन् सहयोग त परै जाओस |
सुजन खनाल
२/३ दिन रातिमा नै गरेपनि सकिने काम १५ दिन महत्वपूर्ण राजमार्ग बन्द गराउनु न्यायाेजित हाेईन ! सरकारकाे ध्यान जाओस !!!
प्रदीप आचार्य
११ बर्ष पुरा भएको छ । हामी सहि बाटोमा छौ कि छैनौ ? गम्भीर आत्मासमिक्षा गरौ । राज्य र नागरिकका बीचको खाडल पुर्दै सहि र दिगो बाटोमा हिडौ ।
गणतन्त्र दिवस २०७६ को हार्दिक शुभकामना !
गणतन्त्र दिवस २०७६ को हार्दिक शुभकामना !
योगेश भट्टराई
कुनै वेला पूर्वको सबभन्दा सचेत र गतिशील मानिने तेह्रथुम पूर्वाधार र आर्थिक विकासको अभावमा बर्षेनी जनसंख्या घट्दै जाने दिशामा गएको पाउँदा खिन्न लाग्यो ! थुप्रै ठाउँमा पानीको समस्या र मध्यपहाडी/पुष्पलाल लोकमार्ग निर्माणको गति पनि सुस्त रहेको पाइयो!
डा. बाबुराम भट्टराई
सडकमा प्रतिपक्षको शक्ति प्रदर्शन, सदनमा सरकारको शक्ति प्रदर्शन । यसले आम जनतालाई त केही न केही ? हनुमानहरुलाई भने आ-आफ्ना राम-सीताको शक्ति देखेर ......को न्यानोमा रमाएजस्तो पक्कै होला !
यादब देवकोटा
१५ सय घुस खाने खरिदालाई पक्रने अख्तियारको खबर राष्ट्रिय मिडियामा पढेर मक्ख पर्ने! तर ३३( वा ६३?) अर्बको एनसेल,७-९अर्बको बुढीगण्डकी,४-६अर्बको वाइडबडी,कति कति अर्बका पप्पूहरूको भ्रष्टाचारबारे चाहिं कानमा तेल हालेर बस्ने! वा कोठामा गनगन गर्ने! धन्य हाम्रो अख्तियार!धन्य हामी नेपाली!!
बाबुराम भट्टराई
मेरो विचारमा राष्ट्रिय मेलमिलाप भनेको भविष्य लक्ष्यित दृष्टि हो। प्रमुख राष्ट्रिय लक्ष्यका लागि राष्ट्रका प्रमुख शक्तिहरूबीच मेलमिलाप हो, शान्ति, समझदारी र सहकार्य हो।
निलाम्बर आचार्य
न टोपी लगाउँदैमा राष्ट्रप्रेम हुन्छ न त धोती लगाउँदैमा स्वाभिमान। राजनीतिज्ञ, राज्य संयन्त्र र न्यायालय सबैभन्दा धेरै भ्रष्ट छन्, जहाँ प्राय टोपी लगाउनेहरू भेटिन्छन। स्वाभिमानको लडाईमा शहिदले धोती लगाएका थिएनन्, तर लाभ लिनेहरूले लगाउने गरेको पाईन्छ। म पोशाकमा राष्ट्रियता खोज्दिन।
मनिष झा
हाम्रो देशमा राजनीतिक नेताको योग्यता वाक चातुर्यतामा सीमित भयो।अध्ययन,अनुसन्धान,कार्ययोजना,विकासको भिजनभन्दा पनि उमेर,जेष्ठता,जेलमा बसेको अवधिजस्ता आधारमा नेतृत्वमा पुग्नु नै राजनीतिक कर्म बन्यो।कुनै पनि दलको नेतृत्वपंतिमा समय र देशको चाहना बुझेर काम गर्न सक्ने व्यक्तिको अभाव छ।
बुद्धि पाण्डे
प्रम र वरपरकाले आफ्ना आलोचकहरूलाई थला पारिदिने,जुगाको स्याउँस्याउँ,एनजीओको ट्याउँट्याउँ आदि भन्नु अशोभनीय मात्र नभएर लोकतान्त्रिक संस्कार विपरित भयो है।कि हिजो राजतन्त्रविरूद्ध लड्नु वेठीक भन्नुपर्यो कि लोकतन्त्रमा विरोध सहनसक्नुपर्यो।प्रमले पुन:‘बादशाहको नयाँ लुगा’ कथा पढ्ने कि?
बाबुराम भट्टराई
फास्ट ट्र्याकमा महसेठको आपत्ति हुनु यो प्रोजेक्टमा इन्डिया छिर्नु हो । हैन भने प्रोजेक्ट समयमा सकिने भयो भनेर मुर्मुरिनु मात्र हो ।
केपी अधिकारी
जनताको धार्मिक भावना भट्काएर सत्तास्वार्थको रोटीसेक्ने कुचेष्टा कसैले नगरून्!म यतिवेला किराँत,हिन्दू र वौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु!नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो।धर्मको संवेदनशील विषयमा राजनीति गर्नेहरूको नियति भष्मासुरजस्तो नहोस्!
बाबुराम भट्टराई
जनभावना विपरित विदेशीको दवाव र प्रभावमा धर्मनिरपेक्षता लादनेहरूले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन्।हामी त्यो गल्ती सच्याउने अभियानमा छौं।हिन्दु,बौद्ध र किराँत धर्मको साझा आस्था 'हलेसी' संस्कृतिको संरक्षण हाम्रो लक्ष्य हो।सनातन धर्म नष्टगर्ने षडयन्त्रकारीहरु आफै नष्ट हुन्छन्।
कमल थापा
आफ्नो सेवा सुविधा बढाउने,राज्यकोष मनपरि बाँडनेहरू बाढीपहिरो भन्दै फेरी जनतासँगै सहयोगको भिख माग्लान~आफ्नै दाजुभाई मर्दा स्वेच्छाले हुने र सक्नेले सहयोग गरेसम्म त ठिकै हो तर यसको समाधान सोच्नुपर्ने दायित्व राज्यको हो, समस्या देखाएर इमोसनल ब्ल्याकमेल गरेर जनता दोहन गरिनु हुन्न !
तिर्थ प्रसाई
नेता र नेताका पत्नी विमारी भए दिल्ली र सिँगापुरमा उपचार। न्यायको भिख माग्ने गंगामाया अनि दूरदराजका विपन्न जनताको स्वास्थसेवाका लागि निस्वार्थ लड्ने डा गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं। धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ।
रविन्द्र मिश्र
संसदका पार्टीहरू लुसुलुसु सरकारमा छिर्दै गएको देख्दा संसद त प्रतिपक्ष विहीन पो हुन्छ कि क्या हो! कतै हामी पंचायती युगतिर फर्कदै त छैनौं! बहुदलीय जनवाद एकदलीय/निर्दलीय जनवादमा परिणत हुने हो कि?
बाबुराम भट्टराई
जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो।मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कारवाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।
बिमलेन्द्र निधी
मुक्तिनाथको मन्दिर भित्र कुनै पनि क्यामरा निषेधित छ तर दुरदर्शनको क्यामरा भित्र छिर्न पाउने नियम कसरी अायो धार्मिक स्थलको काइदा कानुन मिचेर अराजकता फैलाउनु कत्तिको महानता होला सांकृतिक धरोहर र अास्थाको केन्द्रमा।
डा एलिया आर्याल
वाङ्मय युग पुरुष आदरणीय सत्यमोहन जोशीलाई जन्म दिनको शुभकामना । ९९ बर्षमा प्रवेश गर्नु भएका जोशीलाई सु स्वास्थको कामना । ईतिहास साहित्य संस्कृति र ज्ञानका अथाह श्रोत, उहाँको आशिर्बाद सदैव हामी सबैलाई रहिरहने विश्वास छ ।
रविन्द्र अधिकारी
थॉती रहेका सबै कामलाई पूर्णतातिर पुर्याउने समय-सीमा तोकी भारतीय प्रम महामहिम श्री नरेन्द्र मोदीजीको राजकीय भ्रमण भव्यताका साथ सम्पन्न भएको छ। आत्मीय छलफल, सद्भाव र उच्च समझदारीको लागि महामहिम श्री मोदीजीप्रति धन्यवाद ज्ञापन गर्दछु।
केपी शर्मा ओली
काठमाडौं यति महंगो शहर बनेको छ कि यहाँ खुसीको जीवन बाँच्न 'डलर' र 'युरो' मा कमाउनु पर्ने अबस्था आइलागेको छ ।
नरेन्द्र रौले
काम चलाउ देउवा सरकारका निर्णय हेर्दा कतिपय मान्छेहरू त रमाइरहेका होलान तर लोकतन्त्र,लोक लज्जा भने आफै लज्जित भएर कहिले सम्म घुम्टो ओडेर वस्ने हो थाहा छैन !!
रविन्द्र अधिकारी
६५ बर्षमा जनतालाई बृद्धभत्ता दिनु भन्दा अबको नेतृत्व युवालाई दिएर,ओली, शेर बहादुर देउवा प्रचण्ड लगाएतका सबै बूढा नेताहरुले राजनीतिबाट सन्यास लिएर बृद्ध भत्ता खादै बसे, यो देशमा केही हुन्थ्यो कि !
भरत भुषाल
हिजो पृथ्वीनारायण शाह थिए र आज नेपाल छ। राजा भन्दा पनि पृथ्वीनारायण शाह `राष्ट्र निर्माता´ हुन्। नेपालको जन्म पृथ्वीनारायण शाहले गरे ,अब हुर्काउने हाम्रो पालो हो। जय देश !
किशोर सुबेदी
प्रन्या गोपाल पराजुलीको नागरिकता र एसएलसी प्रमाणपत्र झिकाउने आदेशसँगै उनी स्वत: अनुसन्धानको दायरामा तानिएका छन् । कुनै पनि सार्वजनिक पदाधिकारी अनुसन्धानमा परेपछि स्वत: निलम्बनमा पर्छन् । उनको नागरिकता र एसएलसीको वैधानिकता नखुलेसम्म निलम्बनमा पर्ने प्रावधान लागू हुनुपर्छ ।
हरिबहादुर थापा
सबै प्रकारका बन्देजहरु,तथा प्रकृति र समाज दुबैका चुनौती हरुको सामना गर्दै मानिसको स्वाधीनता प्राप्त गर्ने र रक्षा गर्ने यो आन्दोलनमा अन्तिम बिजय पाउन इस्पात झै दर्हो आस्था र इच्छाशक्ति नभई सम्भव हुदैन।
अनिलकिशोर घिमिरे
अाफुले के गर्नु पर्ने हो थाहा छैन खाली अर्कोलाई विगार्छु, भत्काउछु भनेको छ हिडेको छ ! कम्तिमा जनमतको त सम्मान गर साथी हो ।
रविन्द्र अधिकारी
जनताको जनादेश बिपरित कोही फरक ढंगबाट सत्ताको खेलमा लाग्छ भने बुझ्नुपर्छ कि त्यो देशको अहित चाहने कलंक-खलनायक हो, अब राजनीतिक खिचातानी छोडेर आर्थिक समृद्धिको बाटोबाट देशको तीव्र विकासमा लाग्नुपर्छ र यसैमा सबैको हित पनि छ ।
महादेव भारती
हिजोको आधारमा आज, आजको आधारमा भोलि।विचरो भविष्य, कहिल्यै स्वतन्त्र हुँदैन। सधैं वर्तमानमा निर्भर गर्दछ।
निलाम्बर आचार्य
प्रधानमन्त्री नियुक्तिको कुरा प्रतिनिधिसभामा पार्टीको कुल संख्याले निर्धारित गर्छ, समानुपातिकबाट महिला कति भन्ने कुराले होइन। पार्टीको कुल संख्या अब समानुपातिकको मतगणना सकिनासाथ थाहा हुनेछ। अहिले नियुक्त गर्ने कि पछि भन्ने चाहिं के चलन बसाउने भन्ने हो। राजनीतिक सहमति खोजिनुपर्छ।
निलाम्बर आचार्य
पराजयको बिभिन्न कारणहरु छन्,त्यसवारे बहस गर्ने यो बेला होइन।म कसैलाई दोष दिन चाहन्न।यसपटकको पराजयको बावजुद ४७ बर्ष को मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,ममता र सदभाव प्रति म सदैव आभारी छु, ऋणी छु ।
कमल थापा
गाउँमा सिटामोल खान धौ धौ पर्ने जनता भएको देशमा यत्रो खर्च कहाँ बाट धान्ने होला ?
अब बन्ने सरकारलाई सभासद र मन्त्री गरि ८८४ जनालाई अाउने दिनमा ठूलो च्यालेञ्ज हुने छ ।
७ प्रदेशको राजधानी कहाँ राख्ने ? १ वटा केन्द्रीय संसद भवन । प्रधान मन्त्री र कम्तीमा २५ वटा केन्द्रीय मन्त्रीको ब्यबस्थापन । ७ प्रदेशको संसद भवनको खर्च । ७ मुख्य मन्त्री कार्यलय र निवास । ७ प्रदेशको २५ को दरले १७५ मन्त्रीको बाँस स्थान र कार्यलय । ७ प्रदेशमा राष्ट्र सेवकको प्रशासनिक भवन । ७ प्रदेशका मुख्य सचिवको निवास ।
अब बन्ने सरकारलाई सभासद र मन्त्री गरि ८८४ जनालाई अाउने दिनमा ठूलो च्यालेञ्ज हुने छ ।
७ प्रदेशको राजधानी कहाँ राख्ने ? १ वटा केन्द्रीय संसद भवन । प्रधान मन्त्री र कम्तीमा २५ वटा केन्द्रीय मन्त्रीको ब्यबस्थापन । ७ प्रदेशको संसद भवनको खर्च । ७ मुख्य मन्त्री कार्यलय र निवास । ७ प्रदेशको २५ को दरले १७५ मन्त्रीको बाँस स्थान र कार्यलय । ७ प्रदेशमा राष्ट्र सेवकको प्रशासनिक भवन । ७ प्रदेशका मुख्य सचिवको निवास ।
मधेशजंग कुँवर
कम्तिमा नयाँवाला भ्रममाचाँहि म छैन् । अब फेरी कसैलाई परीक्षण गर्नकै लागि मेरो मूल्यवान मत दुरुपयोग गर्दिन ढुक्क भए हुन्छ......
प्रकाश कँडेल
जीवन केवल उपभोक्ताशीप र उपलव्धीको धरा्ेहर मात्र हैन्, शुन्यता बीच रहेको निरपेक्ष हरेक श्वासहरुको माला गाँसेर बनाइएको जीवनको पनि महत्व
छ ।
छ ।
अर्जुन बराल
नेपाल हाम्रो शरीर जस्तै हो । शरीरको कुनै पनि इन्द्रियले काम नगरे शरीर कमजोर भए जस्तै देशभित्रका कुनै पनि जातजाति वा समुदाय कमजोर भए देश नै कमजोर हुन्छ । हातको रीस खुट्टाले र खुट्टाको रीस हातले गरेर काम नगरेर शरीर कुँजै हुन्छ । जनताबीचमा पनि त्यस्तो भयो भने देश चल्न सक्दैन । तर, अहिले त्यही भैरहेको छ । यसैको नाममा उहिलेदेखि खाइपाइ आएकाहरुकै हालिमुहाली हुनु दुर्भाग्य हो ।
यादब देवकोटा
जहाँ धेर त्यहि हेराहेर भने झैं।नेपालमा पनि नेताज्युहरु धेरै भएर होला विकास गर्नु भन्दापनि विकासका परियोजना हेर्दाहेर्दै आफ्ना कार्यकाल सकाउने।
सबिना खड्का
कसैले आधा दर्जन उप प्रधानमन्त्री बनाउँछन्, कसैले मन्त्रीको संख्या हाफ सेन्चुरी नै ठोक्छन् । विचरा प्रधानमन्त्रीहरु "जुन जोगी आए पनि कानै चिरेको" जस्ता भए ।
धनराज गुरुङ
जनता अझै झुक्किदै छन नेताले देश खादै छन हिटलरलाई हेर्नुस चाहे के हुन्न सबै नेता अस्थिरता चाहन्छन र यसैमा खेल्न यिनिहरुलाई नयाँसंग डर छ ।
जमुना बस्याल
निर्वाचन आचारसंहिताले मन्त्री थप्न त बाधा दिदैन रहेछ भने अरु जाबो नियुक्ति ,सरुवा,बढुवा र भ्रमण अनि ठेक्कापट्टालाई के रोक्ला ?
तारानाथ ढकाल
छोरा बिना आफ्नो वंश चल्दैन भन्ने हरु किन बुझ्दैनौ कि तिम्रो बाबूको वंश चलाउन नि तिम्रो आमा (कसैको छोरी) को कति भूमिका थियो भनेर !
सुजाता पाण्डेय
अतीतको हत्या त्यसको मात्र हत्या हुँदैन भविष्यको समेत भ्रूण हत्या हुन जान्छ। वर्तमानमा टेक्ने भूमि पनि खस्कन्छ।भविष्यमुखी बनौं!
निलम्बर आचार्य
निर्वाचन क्षेत्र निर्धारण त्रुटिपूर्ण रहेको छ।भूगोललाई १० र जनसंख्यालाई ९० प्रतिशत आधार बनाउनु गलत र दीर्घकालीन राष्ट्रिय हित बिपरित छ ।
कमल थापा
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन विधेयक संसदबाट पारित भए संगै निर्वाचनको थप सुनिश्चितता भएको छ ।
रबिन्द्र अधिकारी
महामारी झैं फैलिएको ठुलो स्केलको भ्रष्टाचारविरुद्ध मूलधार मिडिया उभिनु अत्यन्त सकारात्मक छ!यो अभियानलाई साझामुद्दा बनाएर निरन्तर अघि बढ़ाऊँ!
बाबुराम भट्टराई
सपनामा पनि नआउने साम्यवाद बिपनामा ल्याउछु भन्दै नेपालका कम्युनिस्टहरुले बुद्धि भुट्दैछन् ।
लक्ष्मी
स्वछ विचार नै स्वछ समाजको प्रतिबिम्ब हो, आउनुहोस विचार बदलै, समाज बदलिन्छ ।
Arjun Baral
कृषि प्रधान देशमा सबैभन्दा बढी उत्पादन दलका कार्यकर्ता भए।यो रोप्नु पर्दैन,आफै उम्रिन्छ र हुर्कन्छ।यो मामिलामा हाम्रा दल धेरै भाग्यमानी छन्।
बुद्धि पाण्डे
सरकारी यातायात चलाउन सकेको भए आज ब्याबसायीले भाडा नबढाइ बर्ष दिनको दशैं मनाउन घर जाने जनतालाई टिकट नदिएर अलपत्र पार्ने थिएनन !
कृष्ण
मौका अाउदा जीवन परिवर्तन भएन भने, शैली परिवर्तन गर्नुहोस् ।
जीवन जीउनका लागि चाहिने शुत्र तपाईं भित्रै छ ।
जीवन जीउनका लागि चाहिने शुत्र तपाईं भित्रै छ ।
Arjun Baral
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
काठमाण्डौं आउने कमसेकम एउटा बाटो त नभत्किने बनाउनुपर्ने। ५ वटा बाटा छन तर सबै भत्कने/पहिराे जाने। गीटी-अलकत्राले होइन, राजनीतिले बनाएका बाटा।
मुमाराम खनाल
हिजो सहिदका लासमा पचास लाखको बोली लगाउने मधेसी नेताहरूले बाढी पीडित मधेसी जनतालाइ पाँच हजार दिएका छैनन् अब त बुद्धि फिरोस मधेसी जनताहरूको ।
दिपेन्द्र विष्ट
राजनीतिक नेतृत्व चोखो नभै भ्रष्टाचार रोकिन्न/देश बन्दैन!भ्रष्टाचार,वलात्कार र नैतिक पतनका मुद्दामा दोषी ठहर भएकालाई आजीवन चुनाव लड्न नदिऊँ!
बाबुराम भट्टराई
जनताले दिएको मत च्याते पनि जनताको मन कसैले च्यात्न सक्दैन । देबी मतको मात्र हैन मनको पनि प्रतिनिधि हो ।
More योगेश भट्टराई


